बिहिबार, बैशाख १३, २०८१

कोरोना उपचार कोषमा रु एक अर्ब भन्दा बढी रकम जम्मा

काठमाडौ चैत २० ,  कोभिड १९ कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कोषका लागि सहयोग गर्नेहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको नेपाल आयल निगम रु ५० करोड र नेपाल फेडफरवार्डस एसोसिएसन रु ७ लाख छ हजार १०१ रहेको छ ।

त्यस्तै, नेपाल दूर सञ्चार प्राविधकरण रु १५ करोड र नेपाल दूर सञ्चार कम्पनि लिमिटेडले रु १२ करोड नेपाल धितोपत्र बोर्ड रु ३ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु ३ करोड, नेपाल स्टक एक्चेन्जबाट रु ३ करोड ५१ लाख, नागरिक लगानी कोष रु दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीबाट रु १ करोड ३५ लाख, बिमा समिति रु ५ करोड, राष्ट्रिय बिमा संस्थानबाट रु १ करोड जम्मा  भएको छ  ।

त्यस्तै   कर्मचारी सञ्चयकोषबाट रु ५ करोड, राष्ट्रिय बाणिज्य बैंक रु १ करोड ८५ लाख, नेपाल बैंकर्स संघबाट जम्मा भएको रु २० करोड समेत गरि एक अर्ब बढी रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।