शनिबार, बैशाख ८, २०८१

कोभिड- १९ संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको प्र.म.ओलीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौ चैत २५ , कोभिड -१९ को सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार शुरु गरिएको छ । ५५ बर्षिय बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य बिग्रदै गएपछि उहाँलाइ  अस्पतालमा भर्ना गरिएको अन्तराष्टिय समाचारमाध्यमले जनाएको छ ।

त्यस्तै समाचार माध्यमले प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिलाइ उदृत गर्दै प्रधानमन्त्री जोनसनको स्वास्थ्यअवस्था थप जटिल बन्दै गयो र उहाँलाई चिकित्सकहरुको परामर्शमा सघन उपचार कक्षमा सारियो” उल्लेख गरिएको छ । बेलायतमा सोमवारमात्रै कोभिड संक्रमण भएक ४ अहिलेसम्म ५ हजार ३७३ जनाको मृत्यु भइसकेको छ ।

यसैवीच नेपालका प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको सङ्क्रमण भई बेलायतका प्रधानमन्त्री बोरिस जोनसनआइसियूमा भर्ना हुनुभएको समाचार प्रवाह भएसंगै उहाँके शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ ।
प्रम ओलीले आफ्नो ट्विटर ह्याण्डलमा सन्देश लेख्नुहुदै प्रधानमन्त्री ओलीले छिट्टै कोरोना विरुद्ध विजय प्राप्त गर्न प्रधानमन्त्री जोनसनलाई शुभेच्छा पनि व्यक्त गर्नुभएको हो । त्यस्तै उहाँले आफ्नो सन्ेशमा “बेलायतका प्रधानमन्त्री महामहिम बोरिस जोनसन कोरोना सङ्क्रमणको जानकारी प्राप्त भएको छ । मलाई विश्वास छ उहाँले कोभिड९१९ विरुद्ध विजय प्राप्त गर्नुहुने विस्वास व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।