शनिबार, बैशाख ८, २०८१

कोभिड-१९ को सन्त्रास: आजबाट शुरु हुने भक्तपुरको बिस्केट जात्रा रोकियो

भक्तपुर चैत २७ , भक्तपुरमा आजबाट शुरु भइ ८ रात ९ दिनसम्म मनाइने विस्केट जात्रा कोभिड- १९ को संक्रमण फैलिनसक्ने भन्दै सरकारले गत चैत ११ बाट आगामी बैशाख ३ सम्म कायम रहने गरि जारी गरेको बन्दाबन्दी आदेशका कारण पहिलो पटक रोकिएको छ । जात्रा रोकिएपनि जात्राको क्रममा हुने औपचारिक पूजा एव  प्रतिकात्मक रुपमा जात्रा सञ्चालन हुने सम्वद्ध गुठियारहरुले बताएका छन ।

विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर लकडाउन आदेशका कारण रोकिएको विस्केट जात्रा तान्त्रिक विधिअनुसार शुरु गरिने र जात्राको पहिलो दिन तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु-याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ । त्यसपछि चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाई वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा ठूलो मेला लाग्ने गर्दछ ।

(भक्तपुरस्थित भैरवनाथ मन्दिर र जात्राको लागि बनाउँदै गरेको भैरवनाथको रथ) 

त्यस्तै जात्रको क्रमममा हजारौको संख्यामा भिडभाड हुने गर्दछ । जुन भिड अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण फैलिने प्रवल माध्यम भएकै कारण भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ०७२को भूकम्पमा समेत नरोकिएको यो जात्रा यसपटक सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिलाइ दृष्टिगत गर्दै  औपचारिक पूजामा मात्रै सीमित गर्ने गर्ने र क्षमा पूजा गर्ने नितिगत निर्णय सहित जात्रा रोकिएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।