शुक्रबार, चैत्र १६, २०८०

कोभिड-१९ को लक्षण ‘स्व–परीक्षणका लागि काँग्रेसद्वारा वेव एप’ सार्वजनिक

काठमाडौं चैत २४ , नेपाली काँग्रेसले विश्वव्यापी कोभिड महामारीको सन्त्रास बढ्दो रहेको अवस्थामा विशेषज्ञ चिकित्सकको परामर्शमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण जान्न सकिने  www.nepalicongress.org/covid19/ वेब एप सार्वजनिक  गरेको छ ।  काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट मार्फत सो एप ज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रवक्ताशर्माका अनुसार उक्त वेब एपमा जो कसैले पनि घरमै बसेर भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सक्ने जानकारी दिदै यसवीचमा कोरोनाको लक्षण देखिए उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्ति दिने बताउनुभएको छ ।

यस्तो छ वेब एप

त्यस्तै वेवएपमा    नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानाको विशेषज्ञ परामर्शमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले  प्रस्तुत  एप    तयार गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।