बुधबार, बैशाख १२, २०८१

कोभिड संक्रमणको कारण मृत्यु हुनेको सख्या २ लाख नाघ्यो

काठमाडौं बैशाख १५ , महामारीको रुपमा फैलिरहेको कोभिड संक्रमणको कारण मृत्यु हुने र संक्रमितको पछिल्लो तथ्यांकगत संख्या २ लाख ७ हजार भन्दा बढि नाघेको छ । त्यस्तै संक्रमितको संख्या भने ३० लाख ३ हजार २ सय २९ पुगेको छ   भने संक्रमितमध्ये ८ लाख ७७ हजार २ सय ५४ जना उपचारपछि निको भएका छन् ।

पछिल्ले समय अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ४ सय नाघेको छ । त्यस्तै संक्रमणबाट इटलीमा २६ हजार ६ सय, स्पेनमा २३ हजार २ सय, फ्रान्समा २२ हजार ८ सय, बेलायतमा २० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय नाघेको छ भने ८ सय ८२ जनाको मृत्यु भइसकेको अवस्था छ । त्यसैगरी, पाकिस्तानमा १३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने २ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित छन् भने २२ हजार ८ सय ५६ जनाकोे मृत्यु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।