शुक्रबार, चैत्र १६, २०८०

कोभिड महामारीबाट मृत्यु हुने संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौं बैहाख ७ , विश्वभर कोरोना संक्रमितको संख्या २३ लाख ३० हजार नाघेको छ भने १ लाख ६० हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै संक्रमण र मृत्युवीचबाट ५ लाख ९६ हजार ६ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो समय कोभिड संक्रणबाट अमेरिका प्रभावित रहेको जनाउदै विश्वस्वास्थ्य संगठनले जनाएके छ ।

संगठनका अनुसार अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार नाघेको छ भने ३९ हजारभन्दा बढीले ज्यान गुमाएको जनाएको छ । त्यस्तै  इटालीमा १ लाख ७६ हजारभन्दा बढी संक्रमित भएका छन् भने २३ हजार भन्दा बढीको ज्यान गएको छ ।

त्यसैगरी, फ्रान्समा १९ हजार ३ सय, बेलायतमा १५ हजार ४ सय, जर्मनीमा ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा ५ हजार, नेदरल्याण्डमा ३ हजार ६ सय, बेल्जियममा ५ हजार ४ सयभन्दा बढीको ज्यान गएको छ । त्यसैगरी भारतमा संक्रमितको संख्या १५ हजार ७ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ५ सय २१ पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।