बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यकामा लकडाउनको अनुगमन ड्रोनबाट

स्यानिटाइजरका कालाबजारी पक्राउ

काठमाडौ चैत १९ ,नेपाल प्रहरीद्दारा कोरोना भाइरस  कोभिड-१९ संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा देखिएको इरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको जनाएको छ ।

यसैवीच प्रहरीले स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार पक्राउ गरेको जनाएको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण उत्पन्न बिषम परिस्थितिमा मेडिकल सामाग्री स्यानिटाइजर हालको बजार दररेट भन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।