शुक्रबार, चैत्र १६, २०८०

कांँग्रेस सहित ३ दलको ठहर: ओली सरकारका पछिल्ला कदम सर्वसत्तावादतर्फ अग्रसर

काठमाडौं बैशाख १५ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आव्हानमा भएको संघीय संसदमा प्रतिनिधीत्व गर्ने जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुवीच वीच सयुक्त बैठकले केपी ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सर्वसत्तावादतर्फ अग्रसर भएको नितिगत निष्कर्ष सहित सरकारका पछिल्ला कदम विरुद्ध लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैठक पछि जारी ३ बुँदे सयुक्त प्रतिवद्धतासहितको विज्ञप्तिमा ओली सरकार एक पछि अर्को गर्दै लोकतान्त्रिक मूल्य र मान्यताका आधारस्तम्भलाइ धरापमा पार्दै सर्वसत्तावादतर्फ अग्रसर भएको जिकिर सहित स्वेच्छारी रुपमा प्रस्तुत भएको ठहर गरिएको छ ।

त्यस्तै सरकारको अराजक र स्वेच्छारी कदमको पछिल्लो उदाहरण भनेको अध्यादेश प्रकरण संगै सरकारको प्रत्यक्ष निर्देशन र संलग्नतामा सांसद डा। सुरेन्द्र यादव अपहरण काण्ड भएको ठहर गरिएको छ । साथै आजको संयुक्त बैठक सरकारको प्रत्यक्ष संलग्नतामा भएको अपराधिक कार्यको घोर भत्र्सना गर्दै संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको छ ।

त्यस्तै महामारीको प्रारुपमा फैलिएको कोभिड संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न र प्रताडित जनतालाइ राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन नसकेको भन्दै तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्नुको अलावा पिसीआर प्रविधिबाट कोभिड परीक्षणको दायरा बढाउन माग गरेको छ ।

आजको संयुक्त बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी त्यस्ते गरि जनता समाजवादी पार्टी बाट, नेपाल  महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई , राजेन्द्र श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट डा प्रकाशचन्द्र लोहनीको सहभागीता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।