शनिबार, बैशाख ८, २०८१

काँग्रेस प्रवक्ता शर्माले भने- संकटको यो घडीमा पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं !

काठमाडौं चैत २३,  नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै अहिले काँग्रेसको माग चुनाव नभएको  प्रष्ट पारेका छन् ।

देश कोभिड -१९ को संक्रमणको आक्रान्त र असुरक्षित भएको बेला राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कामलाई सहयोग, नराम्रा कामलाई आलोचना र जनतालाई सुसुचित गर्ने प्रतिपक्षको दायित्व निर्वाह गर्ने बताएका छन ।

प्रवक्ता शर्माले आफ्नो एकाउण्ट मार्फत ट्विट गर्दै ब्यक्तिगत मतहरु केवल ब्यक्तिगत हुन्छन् , पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं ! संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै न सहमतिको सरकार न चुनाव यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् ।

यसअघि शनिबार काँग्रेस सह९महामन्त्री प्रकाशशरण महतले सरकार असफल भएको भन्दै मध्यावधिमा जानुपर्ने धारणा सार्वजनिक गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।