मङ्लबार, बैशाख ११, २०८१

काँग्रेसले भन्यो- सरकार साइत नकुरौं ! कोभिड -१९ को परीक्षणलाइ तत्काल कडाइका साथ कार्यान्वयन गरौं

 काठमाडौं चैत २२ , नेपाली काँग्रेसले अहिलेसम्म कोभिड -१९ का सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको ७औं सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको जनाउँदै तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज जाी गर्नु भएको विज्ञप्तिमा यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न उहाँले सरकारसँग अपिल गर्नुभएको छ ।

काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा सङ्क्रमण देखिएको महिलाले संक्रमण मुलुक बाहिरबाट संक्रमित भएर आएको नभइ सतर्कता नअपनाउँदा सङ्क्रमित बन्न पुगेको उल्लेख गर्दै समयमै विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य सहित कुनै पनि हेलचेक्र्याइँ गर्दा समुदायमा सङ्क्रमण फैलिने र परिणाम भयावह हुने भन्दै उहाँले समयको गम्भीरताअनुरुप सरकारलाई गति बढाउन आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।