शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसको प्रश्न- सडकमा हिंडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ? (भिडियो विज्ञप्ति सहित )

अलपत्र र अप्ठ्यारोमा परेका नागरिकलाइ जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई काङग्रेस आग्रह

अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?

काठमाडौं बैशाख ५ ,  नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम फलिन नदिन सरकारले जारी गरेको लकडाउन आदेश लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु-याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी  भिडियो विज्ञप्तिमा यो समय कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको कारुणिाक दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय नभएको उल्लेख गर्दै गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस् भन्ने सङ्कटमा साथ रहेको प्रतिपक्षि दलको तर्फबाट सरकारलाई सचेत गराउँदछ भनिएको छ।

सडकमा हिंडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?

Gepostet von Nepali Congress am Donnerstag, 16. April 2020

त्यस्तै विज्ञप्तिमा पछिलो समय नागरिकका हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?  भन्दै उहाँले नागरिकलाई कोभिड- १९ को संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गरिएको छ। त्यस्तै भिडियो विज्ञप्तिमा  वालुवाटारको आँगनबाट अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प-यो सरकार ! सुनिन्छ भने सुन्नुप-यो !बुझिन्छ भने बुझ्नुको लागि सरकारलाइ काँग्रेस आग्रह गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031