शुक्रबार, बैशाख १४, २०८१

एक घर एक रक्तदाता” अभियान दोस्रो हप्तामा

काठमाडौं चैत ३० , कोभिड १९ को संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा शुरू गरेको “एक घर एक रक्तदाता” अभियान दोस्रो हप्तामा प्रवेश गरेको छ।

अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोलका जेन शाहीको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र मार्फत रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नं १९ स्थित ईनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका छन् ।

“एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामा पनि व्यापकता लिएको सामाजिक अभियन्ता प्रकाश अमात्यले वताएका छन्। सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर–दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी भएको  बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।