बुधबार, बैशाख १२, २०८१

एकसय नाफा लिन खोज्दा भाटभटेनी सुपर मार्केटलाई रु ३ लाख जरिवाना

काठमाडौ बैशाख १५ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड संक्रमणको जोखिमबाट बच्न जारी लकडाउनको मौका छोप्दै बढी मूल्यमा सामान बिक्री गर्ने नाफाखोर पसल र पसलेलाइ कारवाही गरेकोे छ ।

विभागका अनुसार यसरी कारवाहीको क्रममा टंगालस्थित भाटभटेनी सुपर मार्केटमा रु १२० मूल्य पर्ने लाखामरी मिठाइ रु २२० मा विक्री गरेकोमा रु ३ लाख जरिवाना त्यस्तै बढी मूल्यमा खाद्य सामग्री बिक्री गर्ने कपनस्थित अमरावती खाद्य भण्डारलाइ रु दुई लाख र बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनकै एमबिटी खाद्य सप्लायर्सलाई रु १ लाख र जिएन स्टोरलाई रु पचास हजार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।