शुक्रबार, बैशाख ७, २०८१

उपत्यकासहित देशभर अझै केही दिन हावाहुरीसहित वर्षाको संभावना

काठमाडौं बैशाख ५ , मौसम पूर्वानुमान महाशाखाले बगाङ्लको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएसंगै देशैभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले अझै दुई,तीन दिन काठमाडौ उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाउँदै प्रिमनसुन शुरु हुनुभन्दा पहिलेको समय भएकाले मौसममा उतारचढाव जनाएको छ ।

त्यस्तै शनिवार देशभर सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एकाध स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औल्याएको छ भने आइतबार पनि पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031