शनिबार, बैशाख ८, २०८१

उपचारपछि घर फर्कने कोभिड- १९ संक्रमितको सख्या १६ पुग्यो

काठमाडौ बैशाख १४,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको ‘मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ‘आरडीटी’ र ‘पीसीआर’ दुवै विधिबाट कुल ५१ हजार ३६७ जनाकको कोभिड परीक्षण गरिएको जानकारीदिनु भएको छ । यसमध्ये आरडीटी प्रविधिवाट ४१ हजार ४३६ र ‘पीसीआर विधिबाट ९ हजार ९३१ जना रहेको जानकारीदिनु भएको छ ।

त्यस्तै उहाँले पछिल्लो २४ घण्टामा २हजार ९६ को कोभिड परीक्षण गरिएको जानकारी दिनु भएको छ । त्यस्तै देशैभर क्वारेन्टाइनमा रहनेको सख्या १७हजार २५ रहेको र आइसोलेशनमा रहेका ११० मध्ये उपत्यकाभित्र ६ जना र उपत्यका वाहिर १०४ जना रहेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आइतबार वीरगञ्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमितको संख्या भने ५१ पुगेको जानकारीदिदै प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमण भएका मध्ये आइतबार थप चार जना निको भई घरफर्के संगै उपचारपछि घर फर्केनेको सख्या १६ पुगेको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.14

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.14#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 26. April 2020

डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा संक्रमण पुष्टि भएको १२ औं दिनमा र अरु ३ जना संक्रमित पनि १५औं दिनमा उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभएको छ । साथै बाँकी संक्रमित मध्ये धनगढीमा १, वीरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र उपचारमा रहेको सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।