बुधबार, बैशाख १२, २०८१

उदयपुरको भुल्केबाट ठूलो संख्यामा स्वाब संकलन गरि परीक्षणका लागि काठमाडौं ल्याइयो

काठमाडौ बैशाख ८ , नेपाली सेनाको चिकित्सक टोलीले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदसँगै जोडिएको बस्तीका २ सय ५१ जना सर्वसाधरणको स्वाब संकलन गरेको छ ।

छाउनी अस्पतालको ४ सदस्यीय चिकित्सक टोलीले दुई दिन लगाएर मस्जिदसँगै जोडिएको बस्ती र आसपासका क्षेत्रबाट संकलित गरेको स्वाब सेनाको हेलिकप्टरवाट परीक्षणका लागि काठमाडौं ल्याइएको हो ।

मुस्लिम समुदायको बाहुल्यता रहेको भुल्के क्षेत्रमा पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसंगै स्थानीयको माग अनुरुप आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षण गर्न लागेको हो ।

भुल्केको मस्जिदमा रहेका १२ जना भारतीय र चारजना नेपाली नागरिकको स्वाप परिक्षण गरिदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकाहरुमा ११ जना भारतीय र २ जना नेपाली रहेका छन् । प्रशासनले मस्जिद र मुस्लिमबस्तीलाई शिलबन्दी गरेको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।