शुक्रबार, बैशाख ७, २०८१

उच्चस्तरीय समितिको बैठक बस्दै , जारी लकडाउनलाइ खुकुलो बनाउँदै समय थप गर्ने तयारी

काठमाडौं बैशाख १३ ,महामारी कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज आज सिंहदरबारमा बस्दैछ । आजको बैठकमा मुलत मुलुकमा जारी लकडाउनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताईएको छ । जारी लकडनको  आज ३३ औं दिन चल्दै छ ।

यसअघि कोभिड रोकथामकै लागि जारी गरिएको तेस्रो पल्टको समय सिमा वैशाख १५ गतरातिदेखि सकिने भएकाले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति बैठकले लकडाउन थप सम्बन्धी थप नितिगत निर्णय गर्ने तयारी भएको थाहा भएको छ ।

सम्वद्ध स्रोतका अनुसार लकडाउनका कारण जनमानसमा बढ्दो नैराश्यताका कारण आदेश कार्यान्वयनमा सरकारले केही खुकुलो बनाउने अपेक्षा समेत गरिएको गरिएको छ ।

यसवीचमा संसदीय समितिले समेत शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन सरकारलाई सुझाब दिएको छ ।  नेपालमा कोभिड संक्रमणका पछिल्लो आकंडा अनुरुप ४९ जनामा संक्रमण र ११ जना उपचार पछि डिस्चार्ज भएको अवस्था छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031