बुधबार, बैशाख १२, २०८१

आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ आयो भन्दैमा हतोत्साहित नहुनुहोस्

काठमाडौं बैशाख ३, विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड-१९ संक्रमणको ललिपुरको बुङ्गमतिमा आरडीटी अर्थात र्‍यापिड डायग्‍नोस्टिक टेस्ट प्रवधिबाट परीक्षण गरिएको छ । आज त्यस क्षेत्रमा ५८ जना स्थानीयको कोभिड- १९ संक्रमण छ वा छैन भन्ने जान्नका लागि यो विधिवाट परीक्षण गरिएको सम्वद्ध स्वास्थ्यकर्मीले जानकारी दिएको हो ।

यसवीचमा महत्वपूर्ण पक्ष भनेको आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’ कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आरडीटी विधिबाट कुनै व्यक्तिमा परीक्षण गर्दा यदि पोजिटिभ आयो भने पनि नअत्तालिन आग्रह गर्दै  २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा पछि पुन पीसीआर प्रविधिबाट परीक्षण गरिने बताउनुभएको छ । साथै उहाँले १४ दिन देखि २१ दिन वा सो भन्दा बढिका दिनमा आरडीटी विधिबाट परीक्ष्ण गदाए पोजिटिभ भएका व्यक्तिमा रोग सार्न सक्ने शक्ति भन्दा पनि रोगबाट बच्‍ने क्षमताका विकास गर्ने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।