शुक्रबार, बैशाख ७, २०८१

आरडिटीबाट विधिबाट मुलुकको ७७ वटै जिल्लामा परीक्षण शुरु, संक्रमित ३० मध्ये दुइजना लाइ पूर्ण स्वास्थ्य लाभ

काठमाडौं बैशाख ६ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मुलुकको ७७ वटै जिल्लामा कोभिड–१९ का बिरामी पहिचानका लागि आरडिटी किटबाट परीक्षण शुरु गरिएको जानकारी दिदै  यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता देवकोटाले देशभर क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज ४ हजार ५३६ जना र आइसोलेसनमा बसेका सङ्क्रमितको सङ्ख्या ११७ रहेको जानकारीदिदै उसमध्ये काठमाडौ उपत्यकाभित्र ५ र उपत्यका वाहिर ११२ रहेको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.06

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.06#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 18. April 2020

साथै उहाँले शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ–१९ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । यसमध्ये उपचारपछि जना घर फर्किसकेको जानकारी दिनु भएको छ ।  त्यस्तै बाँकी २८जना मध्ये राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल १ पाटनमा २ , बाल रोगमा २, धनगढीमा ५ वीगञ्जमा ४ , भरतपुरमा २ र विराटनगरमा १२ जनाको उपचार भइरहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारीदिनु भएको छ ।

यसैवीच आजैमात्र १९ बर्षीया एक युवती कोभिड संक्रमणको उपचार पछि पूर्णरुपमा स्वस्थ्य हुँदै आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी किशोरी प्रसिद्धि श्रेष्ठले आफ्नो अनुभव जनहितका लागि सार्वजनिक गर्दै संक्रमण भयोभन्दैमा आत्माबल नगुमान आग्रह गरेकी छिन । उनि गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन । स्वदेश फर्कर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेदृेखिनै आफूलाई निकै सचेत र सजग राखेकी उनले घरमा पनि पूर्णत क्वारेन्टाइनमा बसेकी थिइन् । तर पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031