शुक्रबार, चैत्र १६, २०८०

आयो नुन वढी मूल्यमा बिक्री गर्ने इमाडोलस्थित कट्रवाल स्टोर्सलाइ रु २ लाख जरिवाना

काठमाडौ बैशाख ११, मुलकमा कोभिड संक्रमणको जोखिम न्यूनिकरणको लागि लकडाउन आदेश जारी रहेको अवसरमा दिन दुइ गुणा रात चौगुणाको रफ्तारमा दैनिक उपभोग्यबस्तुको मुल्यमा उतारचढाव गर्दै मुनाफा आर्जन गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले रंगेहात कारवाही गरेको छ ।

विभागका अनुसार अनुगमनका क्रममा परल मूल्य भन्दा बढि नाफा आर्जन गद खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने  महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई आयोडिन नुनको मूल्य बढि लिइ विक्री वितरण गरेको अभियोगमा रु २ लाख त्यस्तै राजधानीको , ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नराखी मासु र मासुजन्य सामाग्रीको कारोवार गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको छ ।

त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०/५० हजार जरिवाना गरिएको छ भने इमाडोलकै बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु ५ हजार ८ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा सिफरिस गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।