शुक्रबार, बैशाख ७, २०८१

आयोगले भन्यो -स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाइ कुटपीट र दुव्र्यवाहर गर्ने कार्य बन्द गर

काठमाडौं बैशाख ५ , राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९को सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ ।  आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषी प्रहरीलाई कानूनबमोजिम कारवाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आयोगले आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा कोभिड १९ को उपचारमा अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहारले पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्नसमेत माग गरिएको छ ।

साथै आयोगले सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौँको कलङ्कीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढङ्गले कुटपिट गरेको, बैतडी, दार्चुलालगायतका जिल्लामा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको पाइएको जनाउँदै यस किसिमको हर्कत तत्काल बन्द गर्दै आयोगले लकडाउनको अवस्थामा सरकारले जारी गरेको निर्देशनको पालना गर्दा÷गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्नसमेत आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031