शुक्रबार, बैशाख १४, २०८१

आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन होइन नागरिकको समस्यालाइ सम्बोधन गर्न काँग्रेसको माग

काठमाडौ बैशाख ४ , नेपाली काँग्रेसले मलुकको विषम परिस्थितिमा सरकारको पहिलो काम जनताको  र राष्ट्रको सुरक्षाको पक्षलाइ नजर अन्दाज गर्दै आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेकोमा चिन्ताव्यक्त गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमसंगै आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापन हुन नसेकेको पक्षमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्नालाइ राजनैतिक संरक्षण दिनु भन्दा पनि समस्यामा परेका दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक नागरिकको समस्या सम्बोधन गर्न माग गरेको छ ।

साथै सरकारले प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी सहित सरकारको ध्यानाकर्षण गराउँदै कोभिड नियन्त्रणका लागि अहोरात्र अभूतपूर्व योगदान गरिरहनु भएका चिकित्साकर्मी, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा काँग्रेसले सम्मान समेत व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।