शुक्रबार, चैत्र १६, २०८०

अर्को सूचना जारी नहुञ्जेलका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौ चैत २५, राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले विश्वभर बढ्दो कोरोना भाइरसको संक्रणका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले आगामी वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डद्दारा जारी सूचनामा परीक्षा स्थगनकाका ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यसवीचमा विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्न अनुरोध गरिएको छ ।

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने जनाउँदै बोर्डले कोभिड -१९ को संक्रमणको अवस्था सामान्य भएसंगै यसअभि स्थगन भएके एसईईको परीक्षा संगै कक्षा ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।