शुक्रबार, चैत्र १६, २०८०

अन्तत, बहुचर्चित सासंद अपरहरण प्रकरणको किटानी उजुरी आयोगमा दर्ता

काठमाडौ वैशाख १८,  समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीमा सांसद सुरेन्द्र यादवले सत्ता र शक्तिका आडमा ज्यान लिनसक्ने अझैपनि जोखिम रहेको उल्लेख गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व‘आईजीपी’ खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्ने माग सहितको उजुरी सांसद डा.यादवले सदस्यद्वय प्रकाश वस्ती र मोहना अन्सारी  लाइ दिएका हो  ।

उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले उजुरीपत्रमा उल्ल्ेख गरेअनुरुपको प्रकरण भए नभएको अनुसन्धान गर्दै  अपहरण भएको भए मानवअधिकारको उल्लंघन हुने भन्दै उनले मानवअधिकार पुनःस्थापना गर्न आयोगले भूमिका खेल्ने जनाउ दिनु भएको छ ।  डा यादवले आज आयोगमा दिनु भएको  उजुरीको दर्ता न १७८० रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।