मङ्लबार, बैशाख ११, २०८१

अदालतबाट धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परे अग्रवाल

काठमाडौ बैशाख १८,  कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोग हुने थर्मल   गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् । साढे २५ लाख रुपैयाँ धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएलगत्तै सम्पत्ति शुद्धिकरण विभागले अग्रवाललाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएसंगै यनलाइ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीका अनुसार कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ ।

कीर्गिस्तानका अवैतानिक दूत समेत रहेका अग्रवाल ग्राहक बनेर थर्मल गन किन्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई १५ हजारमा थर्मल गन बेच्ने क्रममा गत चैत २५ गते ६७ थान थर्मल गन सहित पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।