आइतवार, जेष्ठ ८, २०७९

सनसिटी अपार्टमेन्टका एकै परिवारका ३ सदस्यमध्ये दुई जनालाई कोभिड संक्रमण भएको पुष्टि

काठमाडौं बैशाख २ , सोमवार पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोभिड संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ३ जना मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्दारा जारी सूचनामा र्‍यापिड टेस्ट मार्फत कोरोना पोजिटिभ देखिएका तीन जनामध्ये दुई जनाको पीसीआर मार्फत पनि कोरोना पोजिटिभ देखिएको छभने एक जनाको रिपोर्टमा पोजिटिभ नदेखिएको उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसारउनीहरु गत चैत्र ५ गते लण्डनवाट फर्किएको बताइएको छ । तीन जनालाई संक्रमणको आशंका गरेपछि अपार्टमेन्ट सिल गरिएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ ।

यसअघि ३ नै जनालाइ आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको जनाउँदै मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण निजहरू संग संलग्नहरूको  tracing समेत आजैबाट सुरू गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031