मङ्लबार, मंसिर २१, २०७८

शक्ति र सत्ताको उन्मादमा महत्वकांक्षी प्रवृतिकै कारण ओली नेतृत्वको सरकार निरिह सावित

चौतर्फी आलोचना भएपछि आफ्नो निर्णयबाट पछि हट्यो सरकार,प्रधानमन्त्री ओलीका कारण जनवृतमा पार्टी र सरकारको छवि बिग्रिएको निष्कर्ष ,ओलीलाइ फिर्ता वोलाउने तयारी 

काठमाडौं बैशाख १२ , सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सत्ता र शक्तिको उन्मादमा जारी गरेको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिएको छ ।  प्रतिपक्षि दल मात्र नभएर आफुनै दल नेकपा संगै चौतर्फी सर्वत्र विरोध भएपछि प्रधानमन्त्रीको सरकारी निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले ती दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

तग वैशाख ८ गते यस् दुवै अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि राजपत्रमा प्रकाशित समेत भइसको अवस्था छ । सरकारको तर्फबाट आज अध्यादेश फिर्ता गर्ने निर्णय हुँदै गर्दा यसअघि विना सुझबुझ अध्यादेश कुनै विलम्व नगरि प्रमाणिकरण गर्न पछि नपरेको राष्ट्रपति समेत फेरी एकपटक विवादमा मुछिएका छन ।

जारी राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गर्दै ओली सरकारले शक्ति सत्ताको दुरुपयोग गर्न खोजेपछि इतिहासकै सवभन्दा बलियो सरकारको कहलिएका ओली सरकार आजको दिनमा निरिह सावित भएक छन ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत पार्टीभित्र छलफल नै नगरी एकलौटी ढंगबाट अध्यादेश ल्याएको भन्दै नेकपामा चर्को विवाद भएपछि प्रधानमन्त्री पछिल्लो समय निरिह सावित भएको हो । यहासम्मकी प्रम ओलीले  पार्टी फुटाउनकै लागि गरेको अनेकन परिपञ्चका कारण आज उहाँ पार्टी वृतमा मात्र नभएर जनताको नजरमा नराम्ररी गिरेका छन ।

त्यस्तै समाचार स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीलेका् गुठगत महत्वाकान्छी प्रवृति सहित एकलौटी निर्णय गर्न थालेपछि प्रधानमन्त्रीबाट फिर्ता बोलाउने सम्मको तयारी भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले एक पछि अर्को गर्दै मञ्चन गर्दै आएको हर्कतका कारण जनवृतमा पार्टी र सरकारको छवि बिग्रिएको भन्दै पार्टीका अधिकांश नेताहरूले प्रम ओलीप्रति अविस्वास गर्दै तत्काल फिर्ता वोलाउदै नयाँ विकल्प अघि सानुपर्ने अभिमत समेत प्रकट गरेको थाहा भएको छ । त्यस्तै नेताहरुले विकल्पका रुपमा पूर्व प्रम समेत रहेका माधव नेपाललाइ प्रधानमन्त्रीका लागि अघि सारेको समेत समाचार स्रोतका दावी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031