आइतवार, जेष्ठ ८, २०७९

मन्त्रिपरिषद बैठक: वैशाख १५ सम्म ‘लकडाउ जारी राख्ने सरकारको निर्णय

तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं बैशाख २ , प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकबाट लकडाउन आदेश जारी भएको यो चौथोपटक हो । यसअघि गत चैत २४ गतेको बैठकबाट वैशाख ३ गतेसम्म कायम रहने गरि लकडाउन आदेश जारी भएको थियो ।

यद्यपी सरकारले आज थप गरेको लकडाउन आदेश चैत ११ गते जारी गरेको लकडाउनको आदेशको नै निरन्तरता हो । यसवीचमा कोभिड संक्रमणको सख्या बढेसंगै सरका तर्फ सजगता अपनाउन आवश्यक रहेको बताएको छ ।

यसैवीच मन्त्रिपरिषद्को बैठकले  नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिदै आदेशको पूर्ण पालना नगर्नेलाई कारवाही गर्ने निर्णय समेत गरेको  छ ।

त्यस्तै बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ का प्रमुख सचिवमा सरुवा गर्ने त्यसतै प्रदेश नम्बर २ मा रहनुभएका मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय समेत गरेको छ । साथै सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिवमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031