मिडिया र जनताको आवाजले कारबाही रोकियो
- काठमाडौं बैशाख८
तपाईंलाई बिहीबारदेखि नै स्वास्थ्य मन्त्रालयले खोजेको थियो, पत्र नै काटेको थियो, आज (आइतबार) मन्त्रालय कति बजे पुग्नुभयो ?
हिजो रातिसम्म टाउको दुखेकाले बिहान अबेरसम्म सुतेको थिएँ । दिउँसो त्यस्तै १२ बजेतिर मन्त्रालय पुगेको थिएँ । १ घन्टा कुरेपछि मन्त्रीसहितको टिमसँग छलफल भएको थियो । उहाँहरूसँग कुराकानी भयो, करिब ४५ मिनेट छफफल गरेपछि दुई पक्षको सहमतिमा विज्ञप्ति जारी गरिएको हो । समग्रका एक घन्टा समय सँगै बितायौँ ।
तपाईं बिरामीको सेवामा सक्रिय डाक्टर, तर विवादमा परेपछि सीधै स्वास्थ्यमन्त्रीलाई भेट्ने अवसर पाउनुभयो, तपाईंले उहाँलाई के भन्नुभयो ?
मैले आफ्नो कुरा मन्त्री र सम्बन्धित अधिकारीहरूसँग प्रस्ट रूपमा राखेको छु । म १८ वर्षदेखि टेकु अस्पतालमा काम गरिरहेको छु । सरुवारोगबारे जनचेतना फैलाउने काममा निरन्तर बोलिरहेको छु । तर, मलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । मैले हप्की–दप्की पटक–पटक खाँदै आएको छु । अहिले यो अवस्था आउन पनि मेरो दोष होइन । उहाँहरूकै हात छ । यो विषय मैले आज खुलेर भन्न पाएँ । सबैलाई थाहा छ, मलाई मन्त्रालय तानेको समाचार सार्वजनिक भएसँगै मलाई दिन पठाएको पत्र फिर्ता भएको हुनुपर्छ, अर्को पत्र पनि त्यही कारण बनेको हो । तर, सुधारिएकै पत्र भए पनि मलाई मन्त्रालय बोलाउनु ठीक होइन, अझ समय त यो ठीक हुँदै होइन । यी सबै कुरा भनेपछि मन्त्री पनि गम्भीर हुनुभयो । योबीचमा उहाँले बाहिरको प्रतिक्रिया पनि बुझेजस्तो लाग्यो ।
डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।
तपाईंमाथि कारबाहीको के तयारी थियो, स्थगित कसरी भयो ? पत्र कसरी परिवर्तन भयो ?
ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि । तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ । किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ, त्यसैले चेतना फैलाउनु त हाम्रो धर्म हो भन्ने मेरो भनाइ छ । महामारीका वेला निरन्तर बिरामी जाँचिरहेको डाक्टरलाई स्वागत गर्न त पत्र अवश्य काटिएको थिएन । तयारी त कारबाहीकै थियो । तर, आइतबार म मन्त्रालयमा पुग्दा स्थिति फेरिएको थियो । असाध्यै राम्रोसँग कुराकानी भयो । म मन्त्रालयमा पुग्दा धेरै कुरा मिलिसकेको रहेछ । यसलाई कारबाही गर्छु भन्दै हिँडेका हुन् । तर, अहिले हामी सबै मिलेर जानुपर्छ भनेपछि मैले हुँदैन भन्ने कुरै भएन । मिलेर कोभिडविरुद्ध लडौँ, आपसमा नलडौँ त मैले नै भन्दै आएको छु । त्यसैले उहाँहरूको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेँ । तर, अब मिलेर अघि बढ्ने हो, कोरोनाविरुद्ध संगठित अभियानमा पहिलेजस्तै सक्रिय हुने हो ।
तर, तपाईं आफैँले जारी गरेको वक्तव्यमा सञ्चारमाध्यममा आएको समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्नुभएको छ, खासमा त्यसको अर्थ अलिक स्पष्ट पारिदिनुहुन्छ कि ?
स्पष्ट कुरा के भने मैले ‘मेन स्ट्रिम’ मिडियाको बारेमा त्यस्तो सोचेको पनि छैन । तर, सञ्चारमाध्यम त अनेक छन् नि । दर्ता भएका हुन् कि होइनन्, कहिल्यै नाम नसुनिने, तर अनेक समाचार दिने माध्यम पनि छन् । युट्युब च्यानलको शैली त्यस्तै छ । तिनीहरूले मलाई पनि गाली गरेका छन्, अनेक भनेका छन् । मन्त्री र डाक्टरबीच सीधै भनाभन भनेर बोलेका छन्, लेखेका छन् । त्यस्ता सञ्चारमाध्यमबारे मात्र मेरो टिप्पणी हो । त्यस्तै, सामाजिक सञ्जालमा गाली गर्नेको सन्दर्भ पनि मेरो वक्तव्यमा उल्लेख भएको छ ।
यो प्रसंगमा मूलधारका पत्रपत्रिका, टेलिभिजन र अनलाइनले तपाईंको भनाइ छापेका छन्, तपाईंको पक्षमा बोलेका छन् । नयाँ पत्रिकाले पनि आइतबार तपाईंको विस्तृत अन्तर्वार्ता लिएको थियो । त्यो अन्तर्वार्ता छापिएपछि तपाईंको केही गुनासो छ ?
गुनासो होइन, आभार व्यक्त गर्न चाहन्छु । धेरै मिडियाले मलाई साथ दिनुभयो । शेरबहादुर पुनलाई व्यक्तिगत रूपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साही गर्न पाइँदैन भनेर उहाँहरूले लेख्नुभएको हो । अझ नयाँ पत्रिकाले त मेरो पृष्ठभूमिसहित त्यति ठूलो स्थान दिएर आवाज उठाइदियो । सत्यतथ्य बाहिर ल्याउने र न्यायको पक्षमा बोल्ने नेपाली मिडियाप्रति म गर्व गर्छु । मिडियाकर्मीले सत्यतथ्य बाहिर ल्याइदिनुभयो, त्यसैले त मलाई कारबाही गर्ने तयारी स्थगित भयो । अस्पतालमा पुगेको पत्र किन परिवर्तन भयो भन्ने त सबैले बुझिहाल्नुहुन्छ होला । आज म मन्त्रालय उपस्थित हुन नपाउँदै मेरो आवाज मिडियाबाट मन्त्रालय पुगिसकेको थियो । समाचार कारण जनताको दबाब बढेको हो । यसले गर्दा नै उहाँहरूलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । अन्यथा कति धम्की आउँथे, मलाई थाहा छ । तर, मिडिया र जनताका कारण आइतबार माहोल पूरै परिवर्तन भयो । यही प्रसंगमा पनि म भन्न चाहन्छु– तपाईंहरूजस्ता मिडियाकर्मीले अन्यायको विरुद्ध बोल्नुभएको छ, न्यायको पक्षमा आवाज उठाउनुभएको छ । सत्यतथ्य बाहिर ल्याउनुभएको छ । यसमा कुनै दुईमत छैन । मलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका थिए, मिडियाकै कारण ती सबै ‘ब्याक’ भएका हुन् । यो सब प्रसंगमा एक दिन म आफैँले लेख्नेछु । तर, न्यायको पक्षमा उभिने मिडिया, देश तथा विदेशमा रहेर मप्रति माया, सद्भाव व्यक्त नेपालीप्रति आभारी छु ।
सुधारिएको पत्रमा अब कोभिडविरुद्धको अभियानमा सक्रिय बनाउन तपाईंलाई मन्त्रालय पनि आउन भनिएको छ, कोभिडविरुद्धको कुन समितिमा राखियो ?
तपाईंले यो समितिमा बस्नुपर्छ भनिएको छैन । फेरि मेरो प्राथमिकता अस्पतालमा बिरामी हेर्ने नै हो । समय मिले सल्लाह–सुझाब दिन जाउँला । फेरि आइतबारको छलफलपछि त नियमित मन्त्रालय आउनुपर्छ भन्ने पनि छैन ।
दुई–तीन दिन तनावपूर्ण स्थिति रह्यो, अब फेरि कसरी अघि बढ्ने सोच्नुभएको छ ?
मैले एउटै कुरा भन्दै आएको छु । जसरी हुन्छ– कोभिड– १९ सँग लड्ने हो । यसअघिका थुप्रै महामारीविरुद्धको लडाइँ पास गरेकाले मलाई अहिले पनि डर लागेको छैन । कोरोना साम्य नहुँदासम्म हाम्रो सामूहिक लडाइँ जारी रहन्छ । म मानसिक रूपमा पनि तयार भएर बसेको छु ।
जनचेतना दिने विषयले यति ठूलो विवाद सिर्जना गर्यो, अब यस्ता विषयमा बोल्नुहुन्छ कि बोल्नुहुन्न ?
आगामी दिनमा पनि देश र जनताको स्वास्थ्यमा नियमित योगदान दिनेछु । जनतालाई नियमित सुसूचित गराउने कुरामा म निरन्तर लागिरहनेछु ।
[ नयाँ पत्रिकाबाट ]
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मणिपाल अस्पताल प्रकरण: ६ बुँदे सहमतिका वावजुद पनि इमरजेन्सी बाहेकका सबै सेवा आज पनि ठप्प
- गायक आचार्यको ‘माया हो’ सार्वजनिक
- ३ किलो सुनसहित पाँच जना पक्राउ
- इन्द्रजात्राको आज दोस्रो दिन थने अर्थात माथिल्लो टोलमा रथयात्रा हुँदै
- राष्ट्रपतिद्वारा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन सहित इन्द्रजात्रा अवलोकन
- इन्द्रजात्रालाई व्यवस्थित बनाउँन् समन्वयात्मक बैठक
- धर्म,संस्कृतिले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको छ: प्रधानमन्त्री
- आज राष्ट्रिय पर्व इन्द्रजात्रा मनाइँदैं
- नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
- प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान