शनिबार, मंसिर २०, २०७७

कोभिड -१९ को संक्रमणबाट बच्न संयम र सतर्कता अपनाउ : क्षेत्रीय सभापति श्रेष्ठ

काठमाडौ चैत १६,  कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको समयमा दैनिक उपभोग्य तथा अत्याआवश्यक सामाग्री खरिदका लागि वाहेक अरु समयमा विनाकाम वाहिर ननिस्कन काठमाडौं काँग्रेस क्षेत्र न .८ ले सवै नागरिकमा आग्रह गरेको छ ।

काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति राजेश श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को उच्च् जोखिमलाइ दृष्टिगत गर्दै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको  अवस्थामा संयमित भइ आफु पनि बाचौं र अरूलाई पनि बचाऔं भन्ने मुल मर्मलाइ आत्मासात गर्दै सिर्जित जोखिम न्यूनिकरणका लागि आ-आफ्नो तह तप्काबाट क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले क्षेत्रीय समिति अन्र्तगतका सवै वडा इकाइ समितिका जिम्मेवार पदाधिकारीलाइ पनि आआफ्नो वडा इकाइका नागरीकको सुरक्षार्थ सचेतना सञ्चारका सूचना प्रवाह गर्न र समस्यामा परेका वडा वासीलाइ वडा समिति संग समन्वय गर्दै राहतको व्यवस्थापन गर्न आग्रह गर्नु भएको हो ।

त्यस्तै त्यस्तै आफुलाइ आवश्यक दैनिक उपभोग्य सामाग्री खरिदको क्रममा  पसलमा जाँदा मास्कको प्रयोग गर्दै कम्तिमा १-१ मीटरको दुरीमा रहदै लामवद्ध भइ खाधान्न् खरिद गर्न आग्रह गर्दै सभापति श्रेष्ठले कस्तै विषम परिस्थितमा पनि काँग्रेस जनताको साथमा रहेको र विद्यमान अवस्थमा पनि रत्तिभर विचलित नभइ संयम तथा सतर्कतापूर्वक रहन सवैलाइ आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829