बिहिबार, मंसिर ११, २०७७

वाग्लुङमा थप एक कोरोना संक्रमित भेटिए

कोरोना आशंका गरिएका १६ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं चैत १५ , नेपालमा थप एक कोरोना संक्रमित पाइएको छ । बाग्लुङकी एक युवतीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएके परीक्षणमा ती युवतीमा संक्रमण भेटिएको हो ।

उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट हुँदै बेल्जियमबाट काठमाडौं आएको न्त्रालयका प्रवक्ता डा विकासराज देबकोटाले जानकारी दिनु भएको छ । १९ वर्षकी ती युवती पछिल्लो अवस्था सामान्य रहेको प्रवक्ता डा देबकोटाले जानकारी दिदै अहिले चिकित्सकको सम्पर्कमा रहेको जानारी दिनु भएको छ ।

यसअघि शुक्रबार धनगढीस्थित सेती अस्पतालमा एकजनामा कोरोना संक्रमण फेला परेका थिए । कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए। उनी डेढ महिना अघि नै स्वस्थ्य भएर घर फर्किसकेका छन् भने थप दुइजनाको काठमाडौंमा उपचार हुँदै गरेको मन्त्रालयले जनाएको
छ ।

यसैवीच कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको र्‍याल परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको छ । प्रतिष्ठानमा गत चैत १ गते र भर्ना भएका ३ जना र ११ गते भर्ना भएका १३ जना गरी जम्मा १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।उनीहरु सबैको नमूना नेगेटिभ देखिएको वीपी प्रतिष्ठानले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829