शनिबार, बैशाख ८, २०८१

तत्काल राहत प्याकेज घोषणाका लागि सभापति देउवाको सरकारलाइ अपिल

रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायी, महा भुकम्प पिडित ऋण लिएका नागरिक , सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकार लक्षित राहतको योजना निर्माण गर्न र कुनैपनि किसिमको ऋणको तीन महिनाको ब्याज पूरै मिनाहा गर्दै किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन आग्रह

काठमाडौ चैत १५ , काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ । सभापति देउवाले यसअघि पनि सरकारको ध्यानाकर्षण गराएपनि शुक्रवार पुन अर्को विज्ञप्ति जारी गर्दै सरकार समक्ष सार्वजनिक अपिल सहित ध्यानाकर्षण गराएको हो ।

जारी विज्ञप्तिमा सभापति देउवाले दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, न्यून आय भएका कर्मचारी, श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्याथी, रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायी, महा भुकम्प पिडित ऋण लिएका नागरिक , सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै ध्यानाकर्षणमा सभापति देउवाले कुनैपनि किसिमको ऋणको तीन महिनाको ब्याज पूरै मिनाहा गर्दै किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन समेत सरकारसमक्ष अपिल गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।