बिहिबार, बैशाख १३, २०८१

सापेक्ष हिन्दु राष्ट्र, र राजसंस्थाको एजेन्दा सहित आज राप्रपा विधिवत एकाकार हुँदै

काठमाडौं फागुन २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज पार्टी एकताको आज विधिवत घोषणा हुँदै छ । पार्टी एकताका लागि गत शनिबार राति राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचमा १० बुँदे सहमति भएको थियो ।

सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ । सहमतिपत्रमा पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने उलेख गरिएको छ। त्यस्तै अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति कायम गरेका छन ।

यसैवीच मंगलवार रााष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा वाल्दै अध्यक्ष कमल थापाले विगतमा जस्तो अव पार्टीमा फुटको अवस्था आउन नदिने प्रतिवद्धता सहित देशमा बलियो राष्ट्रवादी प्रजाताान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यका साथ राप्रपा र राप्रपा संयुक्त बीच एकीकरण गर्ने निर्णयका साथ हस्ताक्षर गरिएको जानारी दिएका थिस् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।