बुधबार, बैशाख ५, २०८१

कोरोना भाइरसको संक्रमण : पत्रकारलाई पूर्वसतर्कता अपनाउन महासंघकाे आब्हान

काठमाडौं फागुन २७,   नेपाल पत्रकार महासंघले कोरोना भाइरसको संक्रमणबाट बच्न पत्रकारहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएके विज्ञप्तिमा पत्रकारहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अपनाउन आह्वान गरेको हो ।

त्यस्तै महासंघले पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाएको जनाउँदै विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी दिएको छ ।

साथै कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न पनि महासंघले सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829