मङ्लबार, मंसिर १६, २०७७

नुन, चिनीको प्रर्याप्त मौज्दात रहेका कारणआत्तिनु पर्दैन : कार्यकारी प्रमुख श्रेष्ठ

दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको व्यवसायीको जिकिर

काठमाडौं फागुन २७, विश्वव्यापी प्रकोप फैलाउँदै आएको कोरोना भाइरसका कारण नेपाली बजारमा यो सामान पाइदैन त्यो सामान पाइदैन भन्दै अनावश्यक रुपमा सामानको भण्डारण गर्ने प्रवृति बढ्दो रहेको अवस्थाकावीच वीच नेपाल चेम्बर अफ कमर्सद्धारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको व्यावसायीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङ कर्पोरेशनल स्थापना कालदेखिनै   सार्वजनिक निजी साझेदारीको एउटा उत्कृष्ट नमुनाको रुपमा कार्य सम्पादन गर्दै सर्वसुलभ मुल्यमा जनता र आम उपभोक्ताको भान्सामा गुणस्तरीय नुन उपलब्ध गराउँदै आएको जनाएको हो ।

त्यस्तै कर्पोरेशनले देशमा नाकाबन्दी हुदाँ होस् वा अन्य कुनै पनि विषम परिस्थितीको ससममा समेत सधै जनता प्रति सेवाभाव राखी बजारमा कुनै पनि किसिमको कालोबजारी सृजना हुन नदिई निरन्तर सवसुलभ रुपमा आफ्नो उत्पादन बजारमा पुर्याउँदै आएको बताउँदै कर्पोरेशनका कार्यकारी प्रमुख उर्मिला  श्रेष्ठले कर्पोरेशनसंग करिब १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी नुन र ५ महिनासम्म माग धान्नसक्ने चिनी भण्डारण रहेको जनाउ दिदै बजारको हल्ला निराधार रहेको भन्दै हल्लाको भरमा उपभोग्य बस्तुको कालोबजारी हुन थालेपछि कर्पोरेशनले उपभोक्तालाई निश्चिन्त रहन आग्रह गर्दै उहाँले ट्रेडिङ्गसंग प्रयाप्त नुन, चिनीको मौन्दात रहेका कारण उपभोक्तालाइ नआत्तिन आग्रह गर्नु भएको  छ ।

त्यस्तै पत्रकार सम्मेलनमा पेट्रोलियम पदार्थ, औषधी व्यवसायी माक्स तथा सेनिटाइजेसन सम्वद्ध व्यववसायीले पनि बजारमा वस्तु तथा सेवाको कुनै खालको अभाव नभएको बताउँदै उपभोक्ताहरुले बढ्दो त्रासको मानसिकताले बजार अभाव हुने आशंकामा संयमितता गुमाउँदा समस्या आएको बताएका छन । पत्रकार सम्म्ेलनमा  खाद्यान्न व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ ,ग्यास व्यवसायी गोकुल भण्डारी ,पेट्रोलियम पदार्थ व्यावसायी लिलेन्द्रप्रसाद प्रधान,औषधी व्यवसायी संघका पूर्व अध्यक्ष शंकर घिमिरे लगायतले वोल्नु भएको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829