बिहिबार, चैत्र १५, २०८०

२५ जना भन्दा बढी समिति सदस्य सहभागी भएसंगै राज्य व्यवस्था समितिको बैठक स्थगित

काठमाडौं चैत ६ , संघीय संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठक कायृसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले कुनैपनि भेला बैठक वा कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन भन्दै निर्देशनात्मक सूचना जारी गरेसंगै आज बसेको समितिको बैठकमा २५ जना भन्दा बढि माननीय सहभागीभएपछि तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न वोलाईएको बैठक स्थगित गरिएको हो ।

बैठकको शुभारम्भमै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको उच्चस्तरीय समन्वय समितिले समेत रोगको रोकथामका लागि भनेर भेला हुन रोक लगाएको अवस्थामा बैठक बसिरहनुको औचित्य नहुने बताउनु भएको थियो । बैठकमा कांग्रेस सांसद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, सत्तारुढ नेकपाका विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने बताएसंगै बैठक  स्थगित गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।