शुक्रबार, चैत्र १६, २०८०

१० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं चैत ९, कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आगामी १८ गतेसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने निर्ण अनुरुप आजबाट १० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

यसअघि नै सरकारले युरोपका सबै देश, पश्चिम एसियाका यात्रुलाई प्रवेशमा रोक लगाइएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेसंगै चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानमा हुने उडान अवतरण रोकिएका छन् ।

त्यस्तै खाडी क्षेत्रका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउनेलाई पनि प्रतिबन्ध लगाईएको जानकारी दिदै विमानस्थलका अधिकारीहरुले उद्धारलगायत केही विशेष उडानहरुमा भने कुनै रोकावट नहुने जनाएको छ ।

नागरिक उड्डयन कार्यालयका अनुसार यात्रु बाहिर लैजान, मालबाहक जहाज, उद्धार र हवाइ एम्बुलेन्सजस्ता विशेष संकटकालीन अवस्थामा उडान प्रभावित नहुने उनिहरुको भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।