शनिबार, बैशाख ८, २०८१

सोमबारदेखि पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना बन्द

काठमाडौं चैत ८, कोभिड १९ जोखिमबाट सतर्कताका लागि सोमबारदेखि पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेपनि बिहीबार काििटएको पूजा रसिद अनुरुप आइतवार पूजा अर्चना भएसंगै सकिने र सोमवारबाट त्यस्तो कुनै विशेष पूजा नगरिने जनाएको हो ।

त्यस्तै कोषले पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाउँनुको अलावा पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन समेत आह्वान गर्नुको अलावा भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षा सामाग्रीको समेत व्यवस्था गरेको जनाएको छ । साथै पशुपतिमा हुने गंगा आरतीमा पनि आजदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागीता रहने कोषले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।