शनिबार, बैशाख ८, २०८१

सिमा नाकामा अड्किएका नेपालीलाई क्वारेन्टाइनमा बस्नुपर्ने शर्त सहित मुलुक प्रवेशको अनुमति

खाद्यान्न, तरकारी र दूध पसल बन्द नगर्न र अत्यावश्यक बस्तुको ढुवानी गर्ने सवारी साधनलाई निर्वाधमा सञ्चालन अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं चैत ११, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेसंगै मुलुकको दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने शर्त सहित मुलुक प्रवेश गर्न अनुमति दिईएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिनु भएके छ ।

त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसको बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलनसक्ने खतरालाई मध्यनगर गरी सरकारले जारी गरेको आदेश प्रति सवैको साथ रहेको जनाउ दिदै कोभिडको उपचारका लागि सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने विषयमा पहल गरिरहेको जानकारी सहित सरकारीस्तरबाट समय लाग्न सक्ने भएकाले निजी क्षेत्रले ल्याउन सक्ने भए त्यसका लागि समेत प्रस्ताव ल्याउन सरकारले आव्हान गर्नुको अलावा सरकारी कोषमा रकम जम्मा गर्नुपर्ने सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय कोष बनाइसकेकाले सबैलाई उक्त कोषमा रकम जम्मा गर्न आव्हान समेत गनुृ भएको छ।

त्यस्तै बैठकले सरकारले अत्यावश्यक खाद्यान्न, तरकारी र दूध पसल बन्द नगर्न व्यापारीहरुलाई अपिल गरेको छ । लकडाउनको पहिलो दिन उपत्यकासहित मुलुकका अधिकांश स्थानमा अत्यावश्यक सामग्रीमा पसलसमेत बन्द गरिएको पाइएपछि बैठकले अत्यावश्यक सामग्रीमा पसल खुलाउन आग्रह गरेको हो । त्यस्तै अत्यावश्यक बस्तुको ढुवानी गर्ने सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न र ती सवारीमाथि अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।