बिहिबार, चैत्र १५, २०८०

सासंद थापाले भने- नेपालले इरानको नियती भोग्ने अवस्था सिर्जना नहोस

 काठमाडौ फागुन २३, प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको विषयमा सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराउँदै नेपालमा कोरोना भाइरसको संक्रमण भएको छैन भनेर ढुक्कले बस्ने अवस्था नरहेको बताउँदै नेपालले इरानको नियती भोग्ने अवस्था सिर्जना नहोस भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन ।

त्यस्तै सासंद थापाले सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्नेमा जोड दिदै संसदीय कोरानका विषयमा समिति गठन गर्न माग गर्नु भएको छ । इरानमा रातिसम्म केही भएको थिएन तर भोलीपल्ट विहानै दुई जनाको कोरोनाका कारण मृत्यु भएको खबर सार्वजनिक हुनु आफैमा दुखद घटना  भएको सf;bsf]   जिकिर रहेको थियो ।

सासंद थापाले दर्ता गराउँनु भएको प्रस्तावको समर्थकहरूमा सांसदहरु सञ्जय गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।