शनिबार, बैशाख ८, २०८१

सर्वदलिय बैठक : कोरोना संक्रमण रोकथामका लागि आवश्यक सम्पूर्ण उपाय अवलम्वन गर्ने

काठमाडौं फागुन २८,  विश्वव्यापी प्रभाव फैलाउँदै आएको कोरोना  भाइरस  र भाईरस सक्रमणसँग लड्ने तयारीका लागी भदै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आव्हान गरेको सर्वदलिय बैठकमा सहभागी संघीय संसदमा प्रतिनिधित्व गर्ने ४ दलका नेताहरुले र कोरोना संक्रमण रोकथामका लागि आवश्यक सम्पूर्ण उपाय अवलम्न गर्ने पक्षमा राष्ट्रिय सहमति कायम गरेको छन ।

त्यस्तै बैठमा स्वास्थ्य मन्त्रालयको तर्फबाट कोरोना रोकथामका लागि सुचारु गरिएका कामकारवाहीको विषयमा जानकारी दिदै नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र त्यो पनि उपचारपछि निको भइसकेको जानकारी बैठकमा दिएसंगै सहभागी नेताहरुले  सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै काँग्रेसका नेता गगन थापाले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सबै क्षेत्रले एकीकृत ढंगबाट कदम चाल्न पर्ने बताउँदै कोरोना प्रभावित देशबाट नेपाल आउने नागरिकलाई कम्तीमा १४ दिन ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था मिलाउँनु पर्ने  त्यस्तै   हवाईमाग र स्थलमार्ग हुँदै आउने व्यक्तिको जाँचलाई व्यवस्थित बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण सहितका सुझाव दिनु भएको थियो ।

साथै बैठकमा कोरोना संक्रमण भएका देशका नागरिकलाइ नेपाल प्रवेशमा रोक लगाउँने त्यस्तै कोरोनाको सवालमा देखिएको भ्रम निवारण गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्ने संगै कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास लगfयतका विषयमा घनिभुत छलफल भएको बताईएको छ ।

आजको बैठकमा कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी ,राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठलगायतको सहभागी रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।