शुक्रबार, चैत्र १६, २०८०

समृद्ध मुलुकको लागि गाँजा खेती एक महत्वपूर्ण विकल्प भएको अभियानकर्मीको ठहर

काठमाडौं चैत ७ , मुलुकको समृद्धिका लागि गाँजा खेती एक महत्वपूर्ण विकल्प भएको सम्वद्ध विज्ञहरुले बताएका छन ।  आज राजधानीमा गाँजा खेतीबैधानिकता अभियन्ता समुहरुद्दारा सञ्चारकर्मी अभियन्ता समूहवीच आयोजित अन्र्तक्रिया कार्यक्रममा सम्वद्ध विज्ञहरुले गाँजाको लागि नेपाली मूमिको उर्वरा शक्ति यसको औचित्य एवम उपादेयता संगै गाँजाको प्राचिन एवम् सामरिक महत्वको माथि प्रकाश पार्दै पछिल्लो समय नेपाल सरकारले लिएको समृद्धि नेपाल सुखी नेपालीको अवधारणालाइ समेत सघाउ पुग्ने बताएका छन ।

त्यस्तै गाँजा खेतीको प्रसंग उठान गर्दा यसको मार्मिकता बुझ्नु भन्दा पनि सिधै हिपी युगको कल्पना गर्दै विकृतिको परिकल्पना गर्ने प्रवृतिका   कारण अभियानसंग समाज साक्षात्कार हुन नसकिरहेको बताउँदै अभियान  सम्वद्ध अभियन्ताहरुले गाँजा खेतीको अवधारणा   सिमित वर्गले कच्चा पदार्थको प्रारुपमा विदेश निर्यात गर्ने लक्ष्य केन्द्रीत हुन नहुँनेमा जोड दिदै यहाँको उत्पादन यहाँकै विकासमा केन्द्रीत हुनु पर्नेमा अभिमत अभिव्यक्त गरेका छन ।

त्यस्तै उनिहरुले अन्य खेतीमा जस्तो गाँजा खेती विचौलियाको कब्जामा जान नहुँनेमा जोड दिदै वक्ताहरुले नितिगत नियम सहित किसान मुखी हुनुपर्ने बताउँदै भोलीका दिनमा गाँज खेतीले बैधानिकता पाएको अवस्थामा  मुलत प्रारम्भिक प्रारुपमा खेतीको लाइसेन्स, उत्पादनको लाइसेन्स संगै गाँजाबाट उत्पादित वस्तु वा सेवाको विक्रि वितरणको लाइसेन्स, जस्ता चरण वद्ध श्रृखला बनाउँनु पर्नेमा समेत वक्ताहरुले जोड दिएका छन ।

गाँजाबाट थुप्रै औैषधि बन्ने र आयुर्वेदमा यसको ठूलो महत्व भएको जिकिर गर्दै गाँजाले मुलुकलाइ औषधिमा समेत आत्मा निर्भर बनाउँने दावी समेत  प्रस्तुत अन्तत्रक्रियामा गाँजा खेती समग्रमा मुलुक समृद्धिको विकल्प रहित अभियान भएको निष्कर्ष सहित राज्यले गाँजा माथि विद्यमान प्रतिबन्ध हटाउनुपर्ने भन्दै संघीय संसदमा नेकपा सांसद शेरबहादुर तामाङले र बागमती प्रदेशमा नेकपाकै सांसद तथा पूर्वमन्त्री केशव स्थापितले गैरसरकारी विधेयक दर्ता गराइसक्नु भएको जानकारी दिईको छ ।

अन्र्तक्रियामा नेपाल सरकारका पूर्ब सचिब डा. भीम उपाध्याय ,आयुर्बेद क्षेत्रका विज्ञ डा. ऋषि कोईराला , काठमाडौं विश्वविद्यालय प्राध्यापक डा.राजेन्द्र ज्ञवाली, सामाजिक अभियन्ता सूरजित दत्त ,एचआईभी तथा लागु औषधको क्षेत्रमा त्रियाशील राजीव काफले र अभियानका अगुवा तथा काँग्रेसका युवा नेता ऋषिकेस जंग शाह लगायतले गाँजा खेतीको अभियान मुलुकको आवश्यकता भएको निचोड सहित खेतीको प्रसंगमा तार्किक बहस गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।