शुक्रबार, चैत्र १६, २०८०

समाजमा कोरोनाको अफवाहपूर्ण अडियो सञ्चार गर्ने विवेक थापा मगर पक्राउ

काठमाडौं चैत ८, नेपाल प्रहरीले कोभिड–१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक अडियो सामाजिक सञ्जालमा राख्दै समाजमा आतंक सिर्जना गर्ने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरेको छ ।   प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका  अनुसार  पक्राउ  परेका थापा मगरमाथि   साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको जानकारी दिएका छन । त्यस्तै मगरले नियमक निकायमा दर्ता नभएको झोर्ले न्युज डट कम’ समेत सञ्चालन गर्दै आएको जानकारी दिएका छन ।

स्मरण रहोस मगरले नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भन्दै नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी भ्रामक अडियो सामग्री रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । । मगर पक्राउपरेसंगै प्रहरीले गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह गर्दै विष्म परिस्थितको यस अवस्थामा गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने सरकारले यस अघिनै जानकारी दिइसकेको छ ।

यसैवीच शुक्रवार राती देखिनै सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट कोरोना सम्बन्धी सुचना भन्दै  भाइरसको संक्रमण रोक्न नेपाली सेनाले हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने जस्ता गलत सूचना समेत प्रवाह भइरहेको विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरिसकेको  जनाएको छ ।  ज्ञात रहोस प्रस्तुत सूचनाको सवालमा  सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त सूचना अफवाह मात्र भएको र यसको पछाडि नलाग्न भनिसकेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।