बिहिबार, बैशाख १३, २०८१

सञ्चारमैत्री कानुनका लागि आवश्यक परिमार्जन गर्न सरकार प्रतिवद्ध :सञ्चारमन्त्री

काठमाडौं फागुन २३ , नेपाल पत्रकार महासंघको १० बुँदे ध्यानाकर्षण पत्र बुझ्दै सञ्चारमन्त्री डा युवराज खतिवडाले सञ्चार क्षेत्रसँग सम्बन्धित कानून सरोकारवालासँगको छलफलपछि मात्र ल्याइने बताउनुभएको छ ।
सञ्चारसम्बन्धी कुनै कानून मन्त्रिपरिषद्मा, कुनै संसद्मा विचाराधीन रहेको त कुनै संसद्का समितिमा छलफलका क्रममा रहेको बताउँदै ती कानुनमा दफाअनुसार छलफल गर्दै सञ्चारमैत्री कानुनका लागि कानुनमा आवश्यक परिमार्जन संगै श्रमजीवी पत्रकारको न्यूनतम तलब कार्यान्वयन गरी पत्रकारको पेशागत हकहित सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

त्यस्तै उहाले सरकार नेपाली प्रेस संग सहकार्य गर्दै अगाडि बढ्ने बताउँदै पछिल्लो समय कोरोनाका कारण मौलाएको त्रासको वातावरणको अन्त्यका लागि सञ्चारमाध्यमबाट जनसमक्ष राम्रा कुरा प्रचार गर्नु सञ्चारकर्मीले आ–आफ्नो तह तप्काबाट सहयोग गर्नुपर्ने  बताउँनु भएको छ ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारसम्बन्धी कानून बनाउँदा सरोकारवाला संस्था संग छलफल नगर्दा समस्या सिर्जना भएको भन्दै सञ्चारसम्बन्धी कानून बनाउँदा छलफलको वातावरणलाइ प्राथमिकरण गर्न आग्रह गनुको अलावा न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र नदिने सञ्चार प्रतिष्ठानमाथि कडा कानूनी कारवाहीको माग समेत गर्नुभएको छ ।

यस्तो छ महासंघको १० बुँदे ध्यानाकर्षण पत्र : 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।