शुक्रबार, चैत्र १६, २०८०

विहिवारबाट शुरु हुने भनिएको एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

काठमाडौं चैत ५, विहिवारबाट शुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको अवस्था  र  नेपाल  पनि उच्च जोखिममा रहेको कारण   एसईई परीक्षाको सवालमा अनेकन टिकाटिप्पणी भएसंगै सरकारले परीक्षाको पूर्वसन्ध्यामा अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । एसईई परीक्षामा यसपटक देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदै थिए ।

यसअघि सरकारले सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध गरिएको जनाएको थियो । अन्तिम समयमा परीक्षा स्थगन भएपछि विद्यार्थी, शिक्षक र अभिभावक भने अन्योलमा परेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।