बिहिबार, चैत्र १५, २०८०

लोक सेवा आयोगका सवै परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित

काठमाडौं चैत ६ , लोक सेवा आयोगले यही चैत्र मसान्तसम्मका सबै परीक्षाहरु हाललाई स्थगित गरेको छ । संक्रमणको रुपमा फैलिएको कोभिड-१९ ले श्रृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा परीक्षा स्थगित गर्ने निर्णय गरिएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा पूर्व निर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थाहरुको लिखित परीक्षा अर्को सुचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।