शनिबार, बैशाख ८, २०८१

लकडाउन आदेश विपरित विनाकाम सडकमा ननिस्किनु ,प्रहरीको होल्डमा परिएला

काठमाडौ चैत १६,  सरकारले कोभिड- १९ रोकथाम तथा नियन्त्रणकाका अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको लकडाउनको आदेशको अवज्ञा गर्दै विनाकाम सडकमा निस्किएको भेटिए नेपाल प्रहरीले भेटिएकै स्थानमा घण्टौं हलचल गर्न नदिइ उभ्याइने भएको छ ।

यसअघि प्रहरीले पक्राउ गथ्र्यो । तर पक्राउ गर्दा थप जोखिमको संभावना रहेको भन्दै प्रहरीले पक्राउ गर्ने नितिलाइ परिवर्तन गर्दै घण्टौं हलचल गर्न नदिइ उभ्याउँदै कोभिड १९ का विषयमा सचेतनामूलक प्रशिक्षण दिने रणनिति अख्तियार गरेको हो ।

लकडाउन उल्लंघन गर्ने हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जना भन्दा बढिलाइ यस किसिमको नसियत दिएको प्रहरीले बताएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।