बिहिबार, चैत्र १५, २०८०

लकडाउनको तेस्रो दिन : सुरक्षाकर्मीको थप सक्रियता सहितको कडाइ,अवज्ञा गरे कारवाही

काठमाडौं  चैत १३ ,   सरकारले कोरोना भाइरस कोभिड- १९ सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी गरेको छ। थप  लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यका लगायत देशको बिभिन्न स्थानमा केही उल्लङ्घनका घटना बढ्नुको अलावा थप एक व्यक्ति कोरोना सङ्क्रमित फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि गृह मन्त्रालयले लकडाउन प्रभावकारी बनाउने तयारी गरेको छ ।

त्यस्तै प्रहरीले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न प्राप्त निर्देशन अनुरुप सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक आफूखुसी सडकमा बाहिर ननिस्कन पुनः आग्रह गरेको छ। यसवीचमा अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन रहेको थाहा भएको छ ।

गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएका कारण केहि अन्यौलता भएपनि यसवीचमा लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने , आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू निर्वाध सञ्चालन गर्न सहजीकरण गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।