बिहिबार, चैत्र १५, २०८०

राष्ट्रसंघका महासचिव गुटेरसले भने – संक्रमणविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त छैन

कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, इटालीमा मात्रै ७ हजार भन्दाबढिको मृत्यु

एजेन्सी चैत १३  , संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संक्रमणविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने भन्दै आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेका छन ।

महामारीलाई विकसित मुलुकमा नियन्त्रण गर्ने र विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिन नहुनेमा जोड दिदै उहाँले  भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर दिन नहुँने यदि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने अवसर पायो भने भाइरस विरुद्ध खोप बने पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्ने चेतावनी समेत दिएका छन ।

यसैवीच चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोपलाइ केन्द्रविन्दु बनाउँदै विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कोरोनावाट १९८ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । ४ लाख ७१ हजार भन्दा बढीमा भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने १ लाख १४ हजार उपचारपछि घर फर्किएको समाचार एजेन्सीले जनाएको छ ।त्यस्तै स्पेन ,अमेरिका र बेलायतमा समेत यसको प्रभाव आततायीरुपमा बढेको समाचार माध्यमहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।