शनिबार, बैशाख ८, २०८१

यस्तो छ राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची

काठमाडौं चैत ७, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ ।

प्रस्तुत घोषणा अनुरुप देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द हुने भएको छ । त्यस्तै उहाँले यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने   बताउनुभएको छ ।

यसैवीच २०७६/६/२७ गते नेपाल सरकारको प्रकाशित राजपत्रको भाग ५ खण्ड ६९ सख्या २८ मा नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४को दफा ३ को उपदफा १  ले दिएको अधिकार प्रयोग गरी उल्लेखित १९ वटा सेवालाइ आवश्यक सेवा भनी परिभाषित गरेको छ ।

 

नेपाल राजपत्रमा १९ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ ।जुन निम्नानुसार रहेको छ

१. डाँक, तार वा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा (प्रधानमन्त्रीले गरेको सम्बोधनमा भने आइतबारदेखि सार्वजनिक सवारीका साधान नचलाउन आग्रह गरिएको छ भने  नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान रद्द गरिएको छ ।)

३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा

१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा

१४. बैंकिङ सेवा

१५. बिमा सेवा

१६. विद्युत् सेवा

१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१८.मौसम पूर्वानुमान महाशाखा 

१९.औषधि निर्माण तथा बिक्री वितरण

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।